‘गठबन्धन सरकारको सामना गर्न एमाले तयार’



काठमाडौँ,भदौ ३१ । नेकपा एमाले नेता शंकर पोखरेलले एमाले सिध्याउन बनाएको गठबन्धन सरकारको सामना गर्न आफूहरु तयार भएको बताएका छन् । बिहीबार ट्वीटरमार्फत उनले गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे हुने धारणा राखेका हुन् ।

उनले एमाले त्यसलाई सामना गर्न तयार छ। ‘गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ एमाले त्यसलाई सामना गर्न तयार छ।’ उनले भनेका छन्,‘संसद र सरकारको हुर्मत त दुई महिनामै लिसक्यो गठबन्धन सरकारले।’ साथै उनले गठबन्धन सरकारको हुर्मत दुई महिनामै लिइसकेको पनि टिप्पणी गरेका छन्।

संसदको विघटन चुनावका भएको बताउँदै पोखरेलले संसदीय लोकतन्त्रको अन्त्यका लागि नभएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्,‘संसद विघटन गर्नेहरु संसदमा जानु हुँदैन भन्नेहरु पनि छन्। तर संसदको विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्रको अन्त्यका लागि होइन।’

प्रतिक्रिया दिनुहोस्