छहरे-टोखा सडकखण्डको काफलडाडामा बोलेरो दुर्घटनाग्रस्त, चालक घाइते



नुवाकोट,भदौ ३१ । छहरे-टोखा सडकखण्डको काफलडाडामा बोलेरो दुर्घटना भएको छ।

काठमाडौंबाट नुवाकोटको गेर्खु जादै गरेको बा ४ च ३३९० नम्बरको बोलेरो गाडी हिलोमा चिप्लिएर दुर्घटना भएको हो। बिहीबार साॅझ शिवपुरी -८ काफलडाडा चौतारोमा भएको दुर्घटनामा चालक घाइते भएको श्रोतले जनाएको छ।

यसअघि सोही ठाउँमा मिनिट्रक सडक भास्सिएर झण्डै सय मिटर तल खसेको थियोे। पछिल्लो समय यस सडकखण्ड अन्तर्गत चापको बोटदेखि काफलडाडासम्म सडक बिगि्रएर सर्वसाधारणले यात्रामा सास्ती ब्यहोर्नु परेको स्थानीयहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्