शिवपुरी गाउँपालिकाको कांग्रेस सभापतीमा लाल बहादुर तामाङको उम्मेदवारी घोषणा



नुवाकोट,भदौ ३१ । नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाको सभापतीमा लाल बहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन् । इमान्दारीता, उत्तरदायित्व, ठोस कार्य योजना, आत्मनिर्भरता, मितव्ययीता र सबै कांग्रेसीहरुमा एकता उनको मुख्य प्रतिबद्धता हुन् । कांग्रेसमा गुट उपगुट हुन नहुनेमा उनले जोड दिँदै आएका छन् ।  

नेपाली कांग्रेसको पालिका अधिवेशन नजिकिँदै गर्दा खुलेरै उम्मेदवारी घोषणा गरेका तामाङले पार्टी मजबुत बनाउन युवाहरुलाई प्राथमिकता दिनुपर्ने बताए ।युवापुस्तालाई जिम्मेवारी दिएर अग्रजले मार्गनिर्देशन गरेमा पार्टी मजबुत हुने उनको बुझाई छ ।  हाल वडा नं. ६ को वडा अध्यक्षसमेत रहेका कर्मठ र स्पष्टवक्ता तामाङ शिवपुरी गाउँपालिकाको विकास निर्माणमा निकै सक्रिय छन् । कोरोना महामारीका बेलामा गाउँमा कोरोना भाइरस नियन्त्रणका साथै कोरोना संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समेत उनी निकै सक्रिय रहे ।  

नुवाकोटको शिवपुरी गाउँपालिकाकै फुर्तिला वडा अध्यक्ष र युवा नेता लाल बहादुर तामाङले पालिका सभापतीको जिम्मेवारीमा अत्यधिक बहुमतले निर्वाचित गराउन सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्