गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै



गुल्मी,असोज १ । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरएको छ । सेतो पुतलीको प्रकोप बढेसंगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन्।जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताए । केहि ६/७ जना बिरामी फोन सम्पर्कमा आएका बिरामीलाई थप सुबिधा नभएका कारण सिधै भैरहवा जान सल्लाह दिएको आखाँ उपचार केन्द्र गुल्मीले जनाएको छ ।

आँखाको दृष्टि नै गुम्न सक्ने यो रोग यस पवर्ष पनि देखिन थालेको छ । वर्षायाम सकिने समयमा पुतलीको प्रजनन् शुरु हुनेभएकाले पनि यो बेला सेतो पुतली सापुका बिरामी धेरै देखिएको हुनसक्ने चिकित्सहरुको भनाई छ ।

आँखा पाकेजस्तै अचानक एउटा आँखा रातो हुँदै कालो भागकको बीचमा सेतो देखिने, ज्योति कम हुँदै जाने र खासै नदुख्ने लक्षण पाइएमा सेता पुतलीको संक्रमण हुनसक्ने स्वास्थ्य कर्मीहरुको भनाई छ । यो रोग लागेका बिरामीहरु ढिलो अस्पताल जाने गर्दछन् ।
तत्काल उपचार शुरु नगरिए आँखाको ज्योति गुम्दछ 

प्रतिक्रिया दिनुहोस्