२५ लाख जरिवाना फैसला भएका अभियुक्त पक्राउ



काठमाडौं,असोज २ । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका फरार अभियुक्तलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७८ असार २९ गते  हिरालाल श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र २५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगङ्जको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।     
     
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने बस्ने ३२ वर्षीय श्रेष्ठलाई पक्राउ पश्चात प्रहरीले सार्वजनिक गरेको हो । अभियुक्तले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी पीडितलाई सेञ्चुरी बैंकको चेक दिएका थिए ।     
     
फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्