नुवाकोटको दुप्चेश्वरमा आर्थिक आयआर्जनका लागि तालिम, बन्यो लोभलाग्दो सामग्री



नुवाकोट,असोज २ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रहेको नमुना वस्ति र वडा नम्बर ६ का अत्तिजोखिममा परेका व्यक्तिहरुलाई बाँस र निगालाको चोयाबाट बन्ने सामाग्रीहरु बनाउने तालिम दिइएको छ ।

स्थानीय स्तरमा खेर गइरहेको बाँस र निगालोबाट विभिन्न सामाग्री बनाई आर्थिक आयआर्जनका लागि सो तालिम दिइएको हो । गाउँपालिकाको समन्वयमा पूर्णिमा कार्यक्रमको सम्बोधन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सो तालिम दिइएको संस्थाले जनाएको छ। तालीममा १० जना नागरिकको सहभागिता रहेको थियो । बिहीबार १५ दिने तालिमको समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले प्रमाणपत्र प्रदान गरेकी थिइन।

खेर गइरहेको स्थानीय श्रोत र साधनको प्रयोग गरी स्थानीयलाई उद्यमी बनाउन यस तालिमले भुमिका खेलेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । समाजमा वेरोजगार भइ बसेका नागरिकलाई स्थानीय श्रोत साधन मार्फत स्वरोजगार बनाउनु तालिमको मुख्य उदेश्य रहेको अध्यक्ष तामाङको भनाइ थियोे । तालिममा सहभागीहरुलाई विशेष गरी घरभान्छामा प्रयोग हुने सामाग्री बनाउन तालीम दिइएको थियोे ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले तालिम प्राप्त व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार व्यवस्थापन गर्नलाई समन्वय गर्ने प्रतिवद्धता समेत जनाएकी छिन् । तालिमका सहभागीहरुलाई सिकेको सिपलाई व्यवहारिक रुपमा अघि बढाउन समेत उपाध्यक्ष आचार्यले अनुरोध गरिन।

तालीममा सहभागीले बनाएको हाते सामग्री अवलोकन गर्दै गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्य

प्रतिक्रिया दिनुहोस्