विद्युतीय पासोमा परी एकै घरका तीनजनाको ज्यान गयो



बर्दिया, असोज २ । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमती रहेका छन् ।

गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले धान खेतमा बँदेल धपाउन राखेको विद्युतीय पासोमा उनीहरु परेका थिए। इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक कविराज रोकायका अनुसार धानखेतमा विद्युतीय पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँकाले जनाएको छ ।

जंगली जनावारबाट खेतवारीमा लगाइएको अन्नबाली जोगाउनका लागि विद्युतीय पासो थाप्दा यस अघि पनि करेन्ट लागेर दुई वटा जंगली हात्ती र एक जना युवाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्