नुवाकोटमा एकीकृत समाजवादीको जिल्ला कमिटी विस्तार



नुवाकोट,असोज २ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी नुवाकोटको जिल्ला कमिटी विस्तार गरिएको छ ।

शनिबार एक समारोहका बीच एकीकृत समाजवादीले १ सय ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको हो। कमिटीको संयोजकमा गोविन्द नेपाली रहेका छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाको प्रमुख आतिथ्यता रहेको थियोे। कार्यक्रममा एमाले छाडेर समाजवादी पार्टीमा लागेका नुवाकोटका नेता राजेन्द्रप्रकाश लोहनीको उपस्थिति रहेको थियोे । लोहनी जिल्ला कमिटीका सल्लाहकार समेत रहेका छन् । जिल्ला कमिटीमा तत्काल भने १ सय ३१ सदस्य रहेका छन् ।

हेर्नुस् कमिटी पदाधिकारीका नामावली

प्रतिक्रिया दिनुहोस्