नुवाकोट पञ्‍चकन्या कांग्रेस सभापतिमा भद्रुटारका सिटौलाको उम्मेदवारी घोषणा



नुवाकोट,असोज २। नेपाली कांग्रेस नुवाकोट पञ्‍चकन्या गाउँपालिका सभापतिमा गणेशप्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । यही असोज ९ गते हुने गाउँपालिका अधिवेशनका लागि भद्रुटारका सिटौलाले शुक्रबार सामाजिक सञ्‍जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसभित्र गुटैगुट मौलाएकोले त्यसविरुद्ध आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए। उनले आफू प्यानल र गुटविरोधी शुद्ध कांग्रेस भएको टिप्पणी गरेका छन् । ‘नेपाली कांग्रेस कसैको पेवा होइन । कोहि कसैले गुट बनाएर कांग्रेसलाई ठगी खाने भाँडो नबनाउन समेत सिटौलाले नेतृत्व पंक्तिलाई सुझाएका छन् ।’

२०४६ सालदेखि राजनीतिमा सक्रिय सिटौला कांग्रेस पञ्‍चकन्या-काठमाडौं सम्पर्क समितिका सभापति समेत हुन ।

प्रतिक्रिया दिनुहोस्