यो वर्षको अन्त्यसम्म सबैलाई कोरोना विरुद्धको खोप : प्रधानमन्त्री



काठमाडौं,असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको अन्त्यसम्म सबैलाई कोरोना विरुद्धको खोप पुर्‍याउने बताउनु भएको छ ।

७ औं संविधान दिवसका अवसरमा टुँडिखेलमा आइतवार आयोजित सभामा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य नागरिकलाई खोप दिइने बताउनुभयो  ।आफू नेतृत्वको सरकारको जोड कोभिड- १९ विरुद्धको खोप रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री  देउवाले कोभिड- १९ संक्रमणको जोखिमबाट बचाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै संविधानले नागरिकको आकांक्षा र भविष्‍यलाई एकाकार गरेको  बताउनुभयो ।

‘राजनीतिक परिवर्तनप्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको छ। यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी सम्वृद्धिको मार्गतर्फ हामी अघि बढ्नुपर्छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्