कोरोना अपडेट: संक्रमित ७३४, निको १४१३



काठमाडौं, असोज ३। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय ३४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १० हजार १३ सय पिसीआर परिक्षणमा ७ सय ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सोही समयावधिमा निको हुनेको संख्या १४ सय १३ जना रहेका छन् । हालसम्म ७ लाख ४९ हजार २ सय १३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्