दाङमा धम्की दिएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ



तुलसीपुर,असोज ३ । दाङ प्रहरीले अपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा ३ जना महिलालाई पक्राउ गरेको छ । बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याइ हनि ट्रयापमा पारेर पैसा असुल्ने ३ जना महिलालाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षिय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षिय खुमा वली र घोराही ५ निवासी ३२ वर्षिय सुस्मा परियार रहेका छन् ।पक्राउ परेका मध्य सितादेवी थापा बस्दै आएको डेराकोठाबाट असार ७ गतेका दिन पिडितलाई प्रहरीमा उजुरी दिन धम्की दिई पिडितबाट १७ लाखको सिभिल बैंकको चेक एक थान र नगद १ लाख मध्य उक्त बैंक सितादेवी थापाको डेरा कोठाबाट बरामद भएको र नगद १ लाख थापाले व्याजमा लगाई सकेको भनी प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकोले सोही दफाको उपदफा ३ (ख) बमोजिम व्यवसायमा गैर कानुनी गरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुठो दोस लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ वर्ष सम्म कैद र ३० हजार रुपैंया सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्