पहिरो पीडितले बुटवलका मेयरलाई मुक्काले हाने



बुटवल,असोज ४ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका छन् ।

सोमवार पहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक जना स्थानीय युवकले मुक्का हानेका छन् ।मुक्का उज्याउदै मेयर सुवेदीमाथि जाई लागेका ती युवकलाई सुवेदीसँगै रहेका नगर प्रहरीले रोकेका थिए। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करीब २ दर्जन घर क्षतिग्रस्त भएका थिए ।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्