नेपालमा थप १ हजार संक्रमित, २९ सय संक्रमणमुक्त, मृत्यु ८



काठमाडौं,असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १३ हजार ८ सय १७ पिसीआर परिक्षणमा १ हजार बढीको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै, गत २४ घण्टामा २९ सय ५७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५२ हजार १ सय ७० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना संक्रमणबाट सोही समयावधिमा थप ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्