एमाले गुल्मी सचिवालय बैठक सम्पन्न



गुल्मी,असोज ४ । नेकपा एमाले गुल्मी सचिवालय बैठक सम्पन्न भएको छ । मदन आश्रीत स्मृति भवन पार्टी कार्यालयमा सम्पन्न बैठकले बिभिन्न निर्णहरु गरेको छ ।
बैठकले पार्टी बिभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको छ । बैठकले आगामी कात्तिक ६ गते जिल्लाका ९३ वटा वडामा अधिबेशन गर्ने र कात्तिक ९ गते नगरपालिका र गाउँपालिकामा अधिबेशन गर्ने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले बताए ।

त्यस्तै असोज २० गते भित्र पार्टी सदस्यता नविकरण गर्नुपर्ने समय अबधी तोकेको छ । असोज १५, १६ र १७ गते काठमाडौंमा हुने बिधान महाधिबेशनमा जिल्लाबाट सहभागित जनाउने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव बिश्वकर्माले बताए । बैठकले जिल्लाका १२ वटा स्थानीय तहको इन्चार्ज तोकेको छ ।

जसमध्ये कालिगण्डकी गाउँपालिकामा टिकाराम ढकाल, सत्यवति गाउँपालिकामा अम्मर सिंजाली, चन्द्रकोट गाउँपालिकामा चेतन बस्नेत, रुरुक्षेत्र गाउँपालिकामा हिमाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै छत्रकोट गाउँपालिकामा बिष्णु पौडेल, गुल्मीदरवार गाउँपालिकामा कृष्ण सुनार, रेसुङ्गा नगरपालिकामा डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकामा जीवन खरेल, धुर्कोट गाउँपालिकामा कृष्ण घिमिरे, मदाने गाउँपालिकामा केशव चन्द, इस्मा गाउँपालिकामा लक्ष्मण पराजुली र मालिका गाउँपालिकामा रितबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको पार्टी उपसचिव बिश्वकर्माले बताए । बैठकले पार्टीलाई एकता बद्ध बनाउदै पार्टी कामलाई शसक्त ढंगले सम्पूर्ण कार्यकर्ता माझ लैजाने निर्णय गरेको छ ।

बैठक नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जिल्लाका नेता कमलराज श्रेष्ठ लगायत सचिवालयमा रहेका सदस्यहरुको सहभागिता रहेको थियो । बैठकको सञ्चालन नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्