नेपालमा थपिए १३ सय ३० संक्रमित, मृत्यु ५



काठमाडौं, असोज ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ३ सय ३० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गत २४ घण्टामा १ हजार ८ जना ३० संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५४ हजार संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ६ सय २२ जनाको परीक्षणमा १ हजार ३६ पिसीआर र २ सय ९४ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्