मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने



रुपन्देही,असोज ५ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले प्राविधिकसहित ज्योतिनगर क्षेत्रको पहिरो अवलाेकनमा गएका बुटवल मेयर शिवराज सुवेदीमाथि अाक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन अाग्रह गरेकाे छ ।

सोमबार ज्योतिनगर पहिरोले क्षति नपुराओस् भनेर सावधानी अपनाउन र सुरक्षित बनाउन अवलोकन गर्न गएकाे बुटवल उपमहानगरपालिका प्रमुखसहितमाथि भएको आक्रमणको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा नचलाउने बताएका हुन् । स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई साेमबार मुक्का हानेपछि सबैतिरबाट घटनाको विराेध तथा दाेषीलाई अनुसन्धानमा ल्याउन दबाब अाएपछि साेमबार साँझ नै उनी पक्राउ परेका छन्। चुरेकाे पहिराे नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गर्दै पन्थीले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको पहुँचमा नभएकाले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताए ।

पन्थीकाे भनाई थियाे “ज्योतिनगरको पहिरो स्थानीय सरकारको नियन्त्रण भन्दा बाहिर गयो, स्थानीय सरकारले मात्रै पहिरो नियन्त्रण गर्न र राहत दिन सक्दैन, संघ र प्रदेश सरकारको ध्यान जानुपर्छ, यसको व्यवस्थापनमा अर्बौ रकम खर्च हुने अवस्था आइसकेको छ।” पन्थीले भने-बुटवलमा एमाले नेतृत्वको सरकार छ, स्थानीय सरकार गम्भीर छ, पार्टी पनि गम्भीर छ, हामी स्वयमंसेवक परिचालन गर्न तयार छौ।”

प्रतिक्रिया दिनुहोस्