प्रेस काउन्सिलको कविता प्रतियोगितामा नुवाकोटका विपुल पाण्डे प्रथम



काठमाडौं,असोज ५ । प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिक उत्सवको अवसरमा विधागत पत्रकारिता उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा विपुल पाण्डे प्रथम भएका छन् । पाण्डे शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका हुन। त्यस्तै प्रतियोगितामा सौभाग्य लक्ष्मी (लक्ष्मी पौडेल) द्घितिय, सम्झना पौडेल तृतीय र मदनकृष्ण सिलवाल सान्त्वना भएका छन ।

पुरस्कृत कविहरूलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । बोर्ड सदस्य एवं विधागत पत्रकारिता विकास समितका संयोजक शरदप्रसाद अधिकारीले काउन्सिलमा प्रतिभावान व्यक्ति रहेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष बस्नेत, पूर्वसदस्य धमला, सदस्यहरू बेलबासे र अधिकारी, मुख्य अधिकृत झबिन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल ले कविता सुनाउनुभयो । बोर्ड सदस्यहरू गोपाल बुढाथोकी, लालबाबु शेख, चिरञ्जीवी मास्के, गणेशप्रसाद पोखरेलको उस्थिति रहेको कार्यक्रमा निर्णायकको भूमिकामा काउन्सिलका पूर्व सदस्य चेतनाथ धमला, सदस्यद्वय ठाकुरप्रसाद बेलबासे र शरदप्रसाद अधिकारी रहनुभएको थियो भने वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्