गोरखामा बस दुर्घटना हुँदा ३ घाइते



गोरखा, असोज ६ । जिल्लामा बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्लाको बिरेनचोचका बुधबार बिहान भएको बस दुर्घटनामा परी ३ जना घाईते भएका छन् ।

आँबुखैरेनीबाट गोरखा सदरमुकाम तर्फ आउदै गरेको ना. ३ ख ८०९० नम्बरको बस दुर्घटनामा परि ३ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय गोरखा जनाएको छ ।

घाइतेहरुको अबस्था सामान्य रहेको कार्यालयले जनाएको छ । बाटो काट्न लागेकी १ जना महिलालाई जोगाउने क्रममा बस अनियन्त्रित भएर सडक छेवैमा रहेको बिद्युत पोलमा ठोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्