थप १४ सय ७८ जनामा संक्रमण पुष्टि, १६ सय निको



काठमाडौं, असोज ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ४ सय ७८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८७ हजार ८ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,गत २४ घण्टामा १६ सय ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५५ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसीआरबाट १२ सय ५१ र एन्टिजेन विधिबाट २ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट सोही समयावधिमा थप ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्