पहिरोका कारण गुल्मी शोकमा, तम्घासका पसल व्यवसाय बन्द



गुल्मी,असोज ६ । गुल्मीमा मंलवार राती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको शोकमा बुधवार दिउँसो १ बजेबाट तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीमा महासचिव ताराप्रसाद भुसालले बताए।

तिलक परियारले तम्घास बजारमा टेलरिङ्ग व्यसाय गर्दै आएका छन् । मंगलवार राती पहिरोमा परेर २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको थियो ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएर मृत्यु भएको थियो । पहिरोमा अरु ३ जना सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्