नुवाकोटको भद्रुटारमा मनोसामाजिक सुस्वास्थ्य तालिम सम्पन्न



नुवाकोट,असोज ६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा मानसिक तथा मनोसामजिक सुस्वास्थ्य तालिम सम्पन्न भएको छ।

मंगलबारदेखि भद्रुटारको भद्रुटार स्वास्थ्य चौकीमा सुरु भएको तालिममा साविक भद्रुटार वडा नम्बर १ देखि ९ सम्मका २० जना महिला स्वास्थ्य स्वयंसेविकाले भाग लिएका थिए।

तालिममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकालाई कोशिश नेपालका मनोविद सफल सापकोटाले सहजीकरण गरेका थिए। जिल्लाको भुकम्प प्रभावित समुदायको सवलिकरण परियोजना अन्तर्गत कोशिश नेपालले कार्यक्रमको आयोजना गरेको संस्थाकि निशा सिटौलाले बताइन्।कार्यक्रममा भद्रुटार स्वास्थ्य चौकीका इन्चार्ज रबिन्द्र शाह, अनमी लक्ष्मी गिरी लगायतको सहभागिता रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्