एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो



काठमाडौं,असोज ७ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ। बिहीबार बिहान बसेको सचिवालयको बैठकले पदाधिकारीको टुङ्गो लगाएको हो। नेकपा (एस) का नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको हो ।

पाण्डेका अनुसार पार्टी महासचिवमा डा बेदुराम भुसालको नाममा सहमति जुटेको छ । त्यस्तै उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाम टुंगो लागेको छ । उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन् ।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुने छन् । यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने छ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए ।

बैठकले ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिट्व्युरो समेत गठन गरेको छ। पूर्ण र वैकल्पिक गरी जम्मा ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेकपा एसले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्