हराएको मोबाईल खोज्दै धनीलाई बुझाउदै प्युठान प्रहरी



प्युठान,असोज ७ । जिल्ला प्रहरी कार्यालय प्युठानले विभिन्न मितिमा हराएको मोबाइल सेट फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।

जसमा प्युठान नगरपालिका वडा नं. ८ का भिजिल गिरीको ओप्पो एफ ९ मोबाइल, वडा नं. १ का योगेन्द्र बहादुर जिसीको रेडमी नोट ७ प्रो, ऐरावती गाउँपालिका २ का बलदेव आचार्यको रेलमी २० र वडा नं २ का बालकृष्ण भुसालको रेडमी ९ ए मोबाइल फेला पारी उहाँहरुलाई बुझाएको हो ।

आफ्ना हराएका मोबाइल सेट फेला परेपछि खुशीभएका सेट धनिहरुले प्रहरीलाई धन्यवाद दिएका थिए

प्रतिक्रिया दिनुहोस्