कांग्रेस नुवाकोट पञ्‍चकन्याको सभापतिमा भद्रुटारका थापाको उम्मेदवारी



नुवाकोट,असोज ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट पञ्‍चकन्या गाउँपालिकामा भद्रुटारका यमबहादुर थापाले उम्मेदवारी दिएका छन् । 

पद्दति र पारदर्शिता, समावेशी पञ्चकन्या गाउँपालिका हाम्रो प्रतिबद्धता एजेन्डासहित थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन । उनले आफू निर्वाचित भएको खण्डमा संगठनलाई थप उचाईमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

‘यहाँहरुको अमूल्य मतको कदर नेपाली काङ्ग्रेसको सिद्धान्तको जगमा उभिएर संगठनलाई थप उचाईम पुर्‍याउने मेरो प्रण छ’, थापाले घोषणा पत्रमा भनेका छन् । 

यहि असोज ९ गते हुने पालिकाको अधिवेशनमा पञ्‍चकन्या सभापतिकै  लागि यसअघि भद्रुटारका गणेशप्रसाद सिटौलाले उम्मेदवारी दिने घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्