कोभिडले लियो वडा अध्यक्षको ज्यान



बर्दिया,असोज ७ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुर्य बहादुर थारु (कमल) को निधन भएको छ ।

उनको कोभिडका कारण बिहीबार निधन भएको नगरप्रमुख दुर्गा बहादुर थारु (कविर) ले जानकारी गराए ।

कविरले आफनो सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन् , ‘हाम्रो नगरपालिका वडा नं. ३ का निर्वाचित अध्यक्ष सुर्य बहादुर थारु (कमल) आजैको दिन कोभिडको कारणले हामीलाई सदाकोलागी छोडेर जानुभयो । हरेक कार्यपालिका बैठकमा उहाँको अभाव महसुस हुने गर्दछ । उहाँको गहिरो सम्झना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्