इन्द्रजात्रा आज समापन हुँदै



काठमाण्डौ,असोज ८। काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ । आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर सङ्घले जनाएको छ ।

लिङ्गो ढालेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासी भनिने अष्टमात्रिकाको प्रतीकलाई भने अर्को सालको जात्राको लागि राखिनेछ ।
गएको २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तानिँदै छ ।

आज राष्ट्रप्रमुखले कुमारीका हातबाट टीका थाप्ने परम्परा पनि छ ।

प्रतिक्रिया दिनुहोस्