प्रचण्डसंग चुनाव लड्न बादल तयार



चितवन,असोज ८ । माओवादी छाडेर एमाले प्रवेश गरेका नेता राम बहादुर थापा बादलले प्रचण्डले पार्टीको लाईन छाडेर पलायन भएको आरोप लगाएका छन् । प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बादलले एकता भएको पार्टीबाट पलायन भएर दाहालले नयाँ गुट स्थापना गरेको दाबी गरे ।

अब चुनावमा प्रचण्डसँग प्रतिस्पर्धा गर्न आफू तयार रहेको बादलको भनाई छ । लिम्पियाधुरा, एमसीसी लगायतका विषयमा छिमेकी राष्ट्रको अहित हुने गरी नबोल्न गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रले यो गठवन्धन किन र कसरी के का लागि बनेको भन्ने प्रष्टै रहेको बादलको टिप्पणी छ ।

उनले देशको सबै भन्दा ठूलो पार्टी एमाले भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्