कोरोना अपडेट: १४ सय संक्रमित थप, १५ सय निको



काठमाडौं, असोज ८। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४ सय ७६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८९ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५८ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ६ सय ९० जनाको परीक्षणमा ११ सय ३ जना पिसीआर र एन्टिजेन विधिबाट ३ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्