रामकुमारी झाक्री गुल्मीवाट निर्वाचन लडने



काठमाडौं,असोज ८। नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकि सचिव रामकुमारी झाक्रिले आगामी निर्वाचनमा गुल्मीवाट लडने बताउनुभएको छ । पाटीकाे केन्द्रीय सचिव भएको भाेलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयाेजक कमिटीले काठमाडौकाे थापागाउँमा गरेकाे कार्यक्रमलाई सम्वाेधन गदै उहाँले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताउनुभएकाे हाे ।

लामाे समयदेखि राजनितिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै आफ्नो भुगाेल वनाउने अवसर नै नपाएको वताउदै नेतृ झाक्रिले दावी गर्नुभयाे । म जब राजनीतिमा सक्रिय रहे उहाँले भन्नुभयाे` गुल्मीमा रामकुमारीले आफ्नो भुगाेल वनाउछ भन्दै अवसरवादीहरुले सधै निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र वनाउन सकिन । पाटिका केन्द्रीय सदस्यहरुलाइ जिल्लाको ईन्चार्ज वनाउने विधि प्रद्वति भएपनि गुल्मीको माटाेमा जन्मेकी रामकुमारी झाक्रि केन्द्रीय सदस्य हुदा समेत जिल्लाको ईन्चार्जकाे त्याे जिम्मेवारी पूरा गर्ने अवसर समेत केपि वलिले नदिएकाे बताउनुभयाे । उहाले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा,श्रीराम महत जस्ता सयाै युवा नेताहरु पनि निर्वाचन लडन तयार रहेकाे वताउनुभयाे । दुई-दुई पटक ससंदकाे हत्या गर्ने पाटीसगँ सविधानकाे रक्षा गरेर अगाडि वढेकाे नेकपा एकीकृत समाजवादी पाटीका नेताहरु निर्वाचन लडने उहाकाे भनाई थियाे ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएकि नेतृ झाक्रिले एमालेका मान्छेहरु अब के भनेर ससंदकाे निर्वाचनमा भाग लिन्छन त्याे हेर्न वाकि रहेकाे बताउनु भयाे । के उनिहरु हामीलाई भाेट दिनुस ६ महिनामा ससंद विघटन गरेर आउछाै भन्दै भाेग माग्लान त उहाले अगाडि भन्नुभयाे` सविधानकाे धज्जि उडाउने केपी वलि कम्पनीको एमालेलाई ससंदकाे निर्वाचनमा मत माग्ने नैतिक अधिकार समेत छैन । ´ माधव नेपाललाई वाेकेर विद्राेह गर्न लगाउने १० जना नेताहरु सवैभन्दा वढि अवसरवादि भएको उहाँले आराेप लगाउनुभयाे । विचार र सिद्धान्त विनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादिहरुलाई आगामी निर्वाचनमा जनताले देखाईदिने उहाँको दावी थियो । निर्वाचनमा जाने उहाँहरुका कुनै याेजना नै नभए बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्