नुवाकोट ककनी काङ्ग्रेसको सभापतिमा भाग्यश्री लामा निर्वाचित



नुवाकोट,असोज ९ । जिल्लाको ककनी गाउँपालिका काङ्ग्रेस सभापतिमा भाग्यश्री लामा विजयी भएका छन् ।

शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा लामाको प्यानलनै निर्वाचित भएको हो । लामाले ८० मत प्राप्त गरेका छन् भने उनको सहद्वन्दी अशोक लामाले ५७ रहेको छ। लामा द्वयको मतान्तर २३ रहेको छ। विजयी लामा केसी पक्षधर हुन।

लामा सभापतिमा विजयीसंगै पार्टी कार्यकर्तालाई एकवद्द बनाई अगाडि बढ्ने अपेक्षा ककनी काङ्ग्रेसले राखेको छ।

प्रतिक्रिया दिनुहोस्