राप्रपा नुवाकोटको अध्यक्षमा कुलबहादुर खड्की



नुवाकोट,असोज ९ । रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको अध्यक्षमा कुल वहादुर खड्की चयन भएका छन् ।

शनिवार भएको राप्रपा नुवाकोट जिल्ला निर्वाचन कमिटी घोषणा कार्यक्रममा जिल्ला अध्यक्षमा खड्की चयन भएको जानकारी गराइएको थियो ।


अध्यक्षमा निर्वाचित भएका खड्की अबका दिनमा सबै नेता तथा कार्यकर्तालाई मिलाएर अघि बढ्ने बताए । साथै पार्टीका शिर्षस्थ नेताहरुले पार्टीमा क्षमता र योगदानका आधारमा मुल्याङ्कन गर्नुपर्ने बताए।कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्षमा डा प्रकाश चन्द्र लोहनीको उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्