हुन सकेन काग्रेस तानसेनको नगर अधिवेशन



पाल्पा,असोज १० । पाल्पाकाे तानसेन नगरपालिकामा नेपाली कांग्रेसको १४ औं नगर अधिवेशन स्थगित गरिएकाे छ । तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने नगर सभापतिमा सुवर्णमुनी शाक्य समेत उम्मेदवार बन्ने चर्चा चलेको छ । नगर सभापतिमा दुई जनाको दावी रहेकाले सकेसम्म सहमति मै नेतृत्व चयन गर्न भन्दै अधिबेशन स्थगित गरेको नेपाली काङ्ग्रेस पाल्पाले जनाएको छ ।

पाल्पाका केही स्थानीय तहमा कांग्रेस पदाधिकारी चयन भएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सातवटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुइ पालिकामा निर्वाचन भएको छ र एउटा स्थानियतहमा भने अधिबेशन नै स्थगित भएको छ ।

नेपाली कांग्रेस रैनादेवि गाउँपालिकाकाे सभापतिमा बिष्णु पोखरेल , पुर्वखोलामा बिष्णु आचार्य , रम्भामा ऋषिराम अर्याल,निस्दी मा पुर्ण बहादुर खाण, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे र वगनाशकालीमा थानेश्वर तिमिल्सिना सर्वसम्मत रूपमा चयन भएका छन् भने रिब्दीकाेट गाउँपालिकामा मतदानकाे माध्यमबाट रामचन्द्र पाण्डे सभापतीमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ९० मतले पछि पार्दै बिजय प्राप्त गरेका छन् ।

यस्तै पाल्पाकाे रामपुर नगरपालिका नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराइ र अर्जुन रेग्मी बीच प्रतिस्पर्धा भएकाे मा अर्जुन रेग्मी लाई पछि पार्दै नेत्र प्रसाद भट्टराई बिजय भएका हुन । निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन भएका ६४ जिल्लाहरुमा पालिका अधिवेशन भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्