नुवाकोट विदुर काङ्ग्रेसको सभापतिमा एक मतले हरिलाल श्रेष्ठ विजयी



नुवाकोट,असोज १० । नेपाली कांग्रेस विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भएका छन् ।

आइतबार सम्पन्न मतगणनामा निकटम प्रतिद्धन्दी बद्री रिमाललाई एक मतले पराजित गर्दै श्रेष्ठले जित हासिल गरेका हुन् ।

सभापतिमा विजयी भएका श्रेष्ठले १ सय ३६ मत पाउँदा रिमालले १ सय ३५ मत प्राप्त गरेका थिए।त्यस्तै उपसभापतिमा सुमन अधिकारी र भिमसेन अर्याल विजयी भएका छन् भने सचिवमा अच्युत गिरी र सुजन गजुरेल विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्