प्यूठानका २ खेलाडीको इपिएलमा डेव्यू



प्यूूठान,असोज १० । प्यूठानका २ खेलाडीले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा डेव्यू गरेका छन् ।

पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्धय चाइनामेन स्पिनर तूल वहादूर थापा र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि सीले पहिलो खेल मै डेव्यू गरेका हून् । भैरहवा ग्ल्याडियटर्समा आवद्ध थापा पोखरा राइनोजविरुद्धको खेलमा डेव्यू गर्ने मौका पाएका हुन् ।सो खेलमा उनले १।१ ओवर वलिङ गर्दै उत्कृष्ट १ विकेट लिएका थिए । उनले केस्रिक विलियम्सलाई शुन्य रनमा वोल्ड गरेका थिए । उक्त खेल वर्षाका कारण रद्ध भएको थियो । भने विराटनगर वारियर्समा आवद्ध रहेका जि सीले चितवन टाइगर्सविरुद्धको खेलमा डेव्यु गर्ने मौका पाएका हून् । उक्त खेलमा उनले ४ ओवर वलिङ गर्दै २२ रन खर्चेर १ विकेट लिन सफल भए । उनले चितवनका प्रमुख ब्याट्सम्यान मोहम्मद शाहजादलाई आउट गराएका थिए । उक्त खेलमा उनको टिम विराटनगर वारियर्स चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो ।

प्यूठानको नौबहिनी गाउँपालिका डाम्री घर भएका थापा घरेलु क्रिकेट भने दाङबाट खेल्ने गर्दछन् । प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका हुन् । उनलाई इपिएलका लागि भैरहवा ग्ल्याडियटर्सले न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको हो ।प्यूठान झिमरुक गाउँपालिका दारिमचौर घर भएका प्रतिशले भने यसअघिका दुई संस्करणका प्रधानमन्त्री कप बागमती प्रदेशबाट खेलेका थिए ।नेपालको यू १९ र यू १६ दुबै खेलका बायाँ हाते बलर प्रतिश पछिल्लो समय सिनियर टोलीको नेट बलरको रुपमा रहँदै आएका छन्। प्रतिश पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि ट्यालेन्ट हन्टबाट २०१७ को इपिएलमा ललितपुर प्याट्रियट्ससँग जोडिएका थिए । उनलाई पाचौ इपिएलका लागि विराटनगर वारियर्सले न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्