प्युठानमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको भलिवल हुँदै



प्युठान,असोज ११ । प्युठानको ठुलावेशीमा अहिले सम्मकै ठूलो राशिको भलिवल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ पुरस्कार पाउनेछन्। बिजयादशमीको अबसरमा आयोजित उक्त प्रतियोगिता आगामी असोज २२ गतेदेखि सुरु हुने छ।

स्थानीयको अग्रसरतामा गौमुखी गाउँपालिका-५ मा खुल्ला भलिबल प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रवि चन्दले बताए।

चन्दका अनुसार भलिबल बिजेतालाई १ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन ।त्यस्तै, दोश्रो, तेस्रो र सान्तवना हुनेले क्रमश: ६६ हजार, ४० हजार र दश हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

भलिबलसँगै स्लो मोटरसाइकल रेस, महिला रस्साकस्सा, घैटोफोड, भालेपकड र सामुहिक नृत्य प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ। कार्यक्रममा रास्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्