नुवाकोटका गायक रामेश्वर भण्डारीको दशै गीत ‘राख्दै गर्नु जमरा काली’ सार्वजनिक



नुवाकोट,असोज ११ । नुवाकोट जिल्ला पञ्चकन्याका लोक गायक रामेश्वर भण्डारीको दशै गीत ‘राख्दै गर्नु जमरा काली’ सार्वजनिक भएको छ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ स्थायी निवासी गायक भण्डारीको गीत ‘राख्दै गर्नु जमरा काली’मा स्वर रामेश्वर भण्डारी, भाइकाजी गुरुङ, प्रतिमा अर्याल, संगीता कार्कीको रहेको छ। अशोककुमार सापकोटाको शब्द रहेको यस गीतमा लय रामेश्वर भण्डारी, संगीत नारायण दङ्गालको रहेको छ।

चर्चित भिडियो निर्देशक मिलन श्रेष्ठको निर्देशन रहेको यस दशै गीतमा अभिनय भगवान कार्की र न्यारिका थापाको रहेको छ भने भिडियो सम्पादन रोशन धितालले गरेका छन। गीतको अडियो भिडियो मिलन फिल्म युट्युबबाट सार्वजनिक भएको छ। छुटदैन मायाजाल, रुपै रैछ माोहनी लाउने,धनको घमण्ड लगायत चर्चित गीतका गायक भण्डारीको यस गीत समयसापेक्ष उत्कृष्ट बनेको प्रतिक्रिया आइरहेको गायक भण्डारीले बताए।

गीतको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्