पहिलोपटक ससंद छिरेका मेटमणि मन्त्री वन्दै



रूपन्देही,असोज १३। नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीकाे कडा अालाेचना गर्ने नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चाैधरीले संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय पाउने भएका छन् । उनकाे सचिवालयका अनुसार कुनै अड्चन नअाए पहिलाेपटक संसद छिरेका चाैधरीले उक्त मन्त्रालय पाउने निश्चित भएकाे छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ दाङवाट निर्वाचित भएका चाैधरी लुम्बिनी प्रदेशबाट एमाले छाड्नेमा सबैभन्दा बलियाे जनाधार भएकाे नेतामा गनिन्छन् । नेकपा एकीकृत समाजवादी पाटीवाट प्रतिनिधिसभामा सांसद रहेका चाैधरीलाई मन्त्री बनाउन पार्टीले यसअघि नै सिफारिस गरिसकेकाे छ । उनी वुधवार पर्यटन, संस्कृति तथा नागरिक उडयन मन्त्री बन्ने उनको सचिवालयले जनाएकाे छ । पाटीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पाटीवाट सरकारमा जाने सांसदहरूको नाममा मन्त्रीका लागि सिफारिस गरेको नाममा मेटमणि चाैधरीकाे पनि नाम सिफारिस भएकाे छ ।

मेटमणिसँगै एकीकृत समाजवादी पार्टीका तर्फबाट विराेध खतिवडा,रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम पनि मन्त्रीका लागि प्रधानमन्त्री देउवालाई बुझाइएकाे छ । एकीकृत समाजवादी पाटीले ६ मन्त्रालय पाउने भएको छ । साे पार्टीवाट सरकारमा विराेध खतिवडाले नेतृत्व गर्ने बताइएकाे छ । सवै मन्त्रीहरुकाे वुधवार नै सपथ हुने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्