पञ्जाबमाथि मुम्बईको जित



एजेन्सी,असोज १३ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १३६ रनको लक्ष्य पछाएको मुम्बईले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

यस सिजनमा डिफेन्डिङ च्याम्पियन मुम्बईको ११ खेलमा पाँचौ जित हो । ६ खेलमा हार बेहोरेको मुम्बईको अब १० अंक भएको छ भने अंक तालिकामा पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै पञ्जाब किंग्सले भने ११ खेलमा सातौ हार बेहोरेको छ । ४ खेलमा जित हासिल गरेको पञ्जाबको ८ अंक छ र अंकतालिकामा छैटौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्