कांग्रेस कपिलबस्तुका अधिकाशं पालिकामा निर्वाचनबाट नेतृत्व चयन



कपिलवस्तु,असोज १४ । कांग्रेसको चौधो महाधिबेशन अन्तर्गत कपिलबस्तुका ८ पालिकामा चुनाववाट र १ पालिकामा सर्ब सहमत नेतृत्व छनौट भएको छ ।

एक पालिकामा भने एउटा वडाको अधिबेशन नभएकाले पालिका अधिबेशन नै हुन सकेन । जस अनुसार अधिबेशन हुन नसेको पालिका यशोधरा गाउपालिका हो । प्रेस युनियन सम्वद्ध पत्रकार मणि गैरेका अनुसार त्यहा एउटा वडामा अझै नेतृत्व छनौट हुन सकेको छैन । त्यसैले बुधवार हुने पालिका अधिबेशनवाट समेत नेतृत्व छनौट हुन सकेन ।

निर्वाचनवाट नगर सभापतिमा निर्वाचित हुनेमा बुद्धभूमीमा माधव दोमासे , शुद्धोधनमा विश्वम्भर कुर्मी , मायादेविमा शैलेन्द्र दुबे सभापतिमा निर्वाचित हुनु भएको छ । यसैगरी बाणगंगामा विष्णु थापा , कपिलवस्तु नगरपालिकामा खुर्सेद अहमद खाँ , कृष्णनगर नगर समितिको सभापतिमा देवानन्द शुक्ला र शिवराज नगरपालिकाको नगर सभापतिमा मधु पोख्रेल निर्वाचित हुनु भएको छ । विजयनगर गाउँ समितिको सभापतिमा जानकी यादव र महाराजगन्जमा रामजनल कुर्मी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्