साफ च्याम्पियनसिप : माल्दिभ्स विरुद्ध नेपालको ऐतिहासिक जित



काठमाडौँ,असोज १६ । साफ च्याम्पियनसिप- २०२१ मा नेपालले एतिहासिक विजय सुरुवात गरेको छ । शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै नेपालको जितका लागि निर्णायक बनेको हो ।

नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका मनिषले विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई अघि बढाउँदै गोल गरेका थिए । यसअघि शुक्रबार दिउँसो भएको पहिलो खेलमा बंगलादेशले पनि १–० गोलअन्तरले श्रीलंकालाई हराउँदै विजय सुरुवात गरेको छ ।

नेपालले अब सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयानुसार सोमबार राति ९:४५ बजे हुनेछ। सोमबारकै पहिलो खेलमा भने भारत र बंगलादेश भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्