टोखामा भएको फुटबल प्रतियोगितामा दुबै टीम बराबरी



काठमाडौं,असोज १६ । टोखामा भएको फुटबल प्रतियोगितामा दुबै टीमले रोमाञ्चक खेल प्रस्तुत गरेपनि बराबरीमै चित्त बुझाएको छ ।

टोखास्थित भूतखेल चौरमा भएको हालकाे टोखा नगरपालिका वडा नम्बर १ तथा साबिक झाेर महाँकाल गाउँविकास समितिकाे ७ र ८ त्यस्तै ४ र ५ वडा बीच भएको दुबै ( टाेल कप ) फुटवल खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए ।

टाेखा नगरपालिकाकाे सहयाेग तथा राधा कृष्ण युवा क्लबकाे आयाेजनामा भएको प्रतियोगितामा टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले खेलको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा टोखा नगरका वडा नम्बर ९ र १० का जेपी नेपाल र मदुसुधन पाण्डेको समेत उपस्थिति रहेको थियोे । झोरका साविक १ देखि ९ वडा बीच खेल क्रमशः हुने आयोजकले जनाएको छ।

सहभागीलाई कदर तथा सम्मान गर्दै टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी। दोस्रो तस्वीर.कार्यक्रम उपस्थित प्रमुख अतिथि वर्ग

प्रतिक्रिया दिनुहोस्