चेल्सीको सहज जित



एजेन्सी,असोज १७ । चेल्सीको सहज जित हासिल गरेको छ। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले साउथहम्पटनलाई पराजित गरेको हो । शनिबार सम्पन्न खेलमा चेल्सीले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ट्रेभोह चालोबाह, टिमो वेर्नर र बेन चिलवेलले एक एक गोल गरेका थिए । साउथहम्पटनका लागि एक गोल जेम्स वार्ड प्रोवजले पेनाल्टी मार्फत गरेका थिए ।

यस खेलमा जेम्स वार्ड प्रोवजले खेलको ७७औँ मिनेटमा रातो कार्ड पाएपछि साउथहम्पटन १० खेलाडीमा सिमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्