केपि ओलीको गुटबन्दि र स्वच्छाचारिताले नया पार्टी जन्मायो : नेता पाण्डे



पाल्पा,असोज १७ । नेकपा एकिकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेयले एमालेमा केपी ओलीको व्यक्तिवादी र स्वच्छाचारिताको विरुद्धमा आफूहरुले विद्रोह गरेको बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यो पार्टी विभाजन नभई पार्टीको विकृति र विसंगती विरुद्धको विद्रोह र विचारको लडाई भएको बताउनुभयो ।

कम्यूनिष्ट पार्टीको अध्यक्षको नाममा केपी ओलीले अहंकार, दम्भ, घमण्ड, व्यक्तिवाद र गुटवन्दी चलाउँदै संविधान र पार्टीको विधान विपरित काम गरेका कारण आफूहरु बाध्य भएर बाहीर निस्केको पाण्डेयको भनाई छ ।कार्यक्रममा पाल्पाका सांसद तथा पूर्व केन्द्रीय सदस्य सोम प्रसाद पाण्डेयले माधव नेपाल, झलनाथ, बामदेव विनाको पार्टीको कल्पना केपीले गरेका कारण पार्टी विभाजन भएको बताउनुभयो । उहाँले अब सबै एमालेका असन्तुष्ट र त्यहाँ शोषित पीडित भएर बसेकाहरु एकीकृत समाजवादीमा लाग्ने बताउनुभयो।जिल्ला भेलामा जिल्लाका विभिन्न स्थानबाट ३ सय बढी नेता कार्यकर्ताहरु सहभागि भएको जिल्ला अध्यक्ष खिमानन्द पाण्डेले बताउनुभयो । यसैवीच नेता पाण्डेयले पार्टीको जिल्ला कार्यालयको समेत उद्दघाटन गर्नुभएको थियो ।

कार्यक्रममा एकिकृत समाजवादी निकटको युवा संघ र अनेरास्ववियूको समेत जिल्ला कमिटि घोषणा गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य रमा घर्ती, रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङ्ग, वरिष्ठ नेता लेखनाथ पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्