टोखामा भएको फुटबल प्रतियोगितामा साविक १ र २ वडाका खेलाडी विजयी



काठमाडौं,असोज १७ । टोखामा भैरहेको फुटबल प्रतियोगितामा आइतबार दुबै टीमले रोमाञ्चक खेल प्रस्तुत गरेको छ ।

टोखास्थित भूतखेल चौरमा भएको फुटबल प्रतियोगितामा हालकाे टोखा नगरपालिका वडा नम्बर १ तथा साबिक झाेर महाँकाल गाउँविकास समितिकाे २ र ९ त्यस्तै १ र ६ वडा बीच भएको दुबै ( टाेल कप ) फुटवल खेलका खेलाडीले रोमाञ्चक खेल प्रस्तुत गरेका थिए ।

पहिलो चरणमा साविक २ र ९ वडा बीच भएको खेलमा ९ नम्बर वडालाई शुन्य को विरुद्ध २ गोल गर्दै साविक २ वडाका खेलाडीले जीत हासिल गरेका छन् । फूलबारीका ४ नम्बर जर्सीका खेलाडी सागर डङोलले खेलको २८औं मिनेटमा गोलको सुरुवात गरेका थिए। थप अर्को गोल प्रमेश देवकोटाले गरेका थिए।

टाेखा नगरपालिकाकाे सहयाेग तथा राधा कृष्ण युवा क्लबकाे आयोजनामा शनिबारदेखि भैरहेको प्रतियोगितामा आइतबार भएको दोस्रो खेलमा साविक वडा नम्बर १ र ६ वडा बीच भएको थियोे। यस चरणको प्रतियोगितामा शुन्य को विरुद्ध १ गोल गर्दै साविक वडा नम्बर १ ले जीत हासिल गरेको छ। झोरका साविक १ देखि ९ वडा बीच खेल क्रमशः हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्