मगर मुक्तिमोर्चाको प्युठान अध्यक्षमा नर बहादुर थापा चयन



प्युठान,असोज १८ । नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्तिमोर्चा नेपाल प्युठानकाे दाेस्राे जिल्ला सम्मेलन अाज सम्पन्न भएको छ ।

सम्मेलनले नर बहादुर थापा मगरकाे अध्यक्षतामा २ जना सदस्य पछि थप गर्ने गरि १५ सदस्यीय जिल्ला कार्यसमिती चयन गरेको छ । जसकाे उपाध्यक्षमा उमाराम घर्ती मगर र पिङ्कि बुढा मगर , सचिव बाेम बहादुर पुन मगर चुनिएका छन। यस्तै, सह सचिवमा किरण पुन मगर र काेषाध्यक्षमा हाेम बहादुर पुन मगरलाई चयन गरेको छ।

सम्मेलनलाई सम्बोधन गर्दै मगर मुक्तिमोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्र बहादुर घर्ती मगरले देशमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरे सम्म जातीय मुक्ति सम्भव नरहेकाे बताउनुभयो। उहाँले एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापनाकाे लागि सम्पूर्ण मगर समुदाय एकजुट हुन आग्रह गर्नुभयो । उहाले नेपालमा विभिन्न परिवर्तनको अान्दाेलनमा अग्रणी भुमिका रहे पनि राज्यको निर्णय गर्ने स्थानमा मगर समुदायकाे प्रतिनिधित्व नरहनु दुखद पक्ष हाे भन्नुभयो।

त्यस्तै कार्यक्रममा ने.क.पा.प्युठानका सेक्रेटरी अजय , जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री , जनजाति अान्दाेनका नेता भाेज बिक्रम बुढा मगर , हरि बि. एम. लगायतले सम्मेलन पुर्ण सफलताको शुभकामना दिनुभयो।

प्रतिक्रिया दिनुहोस्