टोखामा जारी फुटबल प्रतियोगितामा साविक वडा ३ र ८ विजयी



तस्वीर श्रोत: सौगात घिमिरे

काठमाडौं,असोज १८ । टोखा नगरपालिका वडा नम्बर १ अन्तर्गतको साबिक गाउँ बिकास समिती झोरको जारी टोलस्तरीय खेलको तेस्रो दिन दुई खेल सम्पन्न भएको छ।

साविक वडा नम्बर ८ र वडा नम्बर ५ बीच भएको खेलमा वडा नम्बर ८ का खेलाडी प्रसान्त घिमिरेले पेनाल्टी मार्फत गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै साविक वडा नम्बर ४ र वडा नम्बर ३ बिचको खेल पनि १-० गोलमा टुङ्गिएको थियोे। दोस्रो चरणमा भएको खेलमा वडा नम्बर ३ विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस्