भानुभक्त जोशी एमाले परित्याग गरी समाजवादीमा प्रवेश



काठमाडौं,असोज २१ । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन्। जोशीले बिहीबार एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

आज बसिरहेको स्थायी समितिको बैठकमै जोशीलाई अध्यक्ष माधव कुमार नेपालले टिका लगाएर स्वागत गरेका छन् । उनी टिका लगाएर बैठकमा तत्कालै सहभागी भए ।

उनले दश बुदे सहमति पालना नभएकाले एमाले छाडेको जानकारी गराएका थिए । उनी नेकपा एसमा आएपछि सुदुरपश्चिममा भीम रावल थप कमजोर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्