झोरका १८ वर्षीय कुशल तेस्रो पटक बने म्यान अफ द म्याच, अध्यक्ष अधिकारीले गरे सम्मान



तस्बिर: सौगात घिमिरे

काठमाडौं,असोज २१ । टोखामा जारी नगरपालिका अन्तर्गतको साबिक गाउँ बिकास समिती झोर वडा नम्बर १ को टोलस्तरीय फुटबल कप अन्तर्गत बिहीबार २ खेल सम्पन्न भएको छ।

पहिलो खेलमा वडा नम्बर ४ र वडा नम्बर ७ भिडेका थिए। वडा नम्बर ७ ले १-० गोल को अग्रताले खेल जितेको छ।

दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ८ बिच भएको छ। २-१ गोलमा सकिएको यो खेल वडा नम्बर ८ ले जितेको छ। वडा नम्बर ८ का लागि २ गोलनै जर्सी नम्बर ९ का खेलाडी कुशल अधिकारीले गरेका छन। यहि लिगमा कुशल अधिकारी ४ गोल गर्न सफल भई हाई स्कोरर बन्ने सम्भावना नजिक छन।

आज भएको खेलमा पनि कुशल म्यान अफ द म्याच बनेका छन। एक सिजनमा एउटै खेलाडी ३ पटक म्यान अफ द म्याच भएको यो पहिलो पटक हो। १८ बर्षका कुशलले राम्रो खेल प्रदर्शन गरिरहेका छन।

सरल स्वभावका मिलनसार खेलाडी कुशललाई टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रसंशापत्रसहित सम्मान गरेका छन् । अध्यक्ष अधिकारीले थप खेलमा प्रगतिको शुभेच्छा समेत खेलाडी कुशललाई व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्