गुल्मीमा सराय नाँच देखाउन नपाइने



गुल्मी,असोज २१ । गुल्मी जिल्लामा सराय नाँचमा प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा दशैंको टिकाको दिनदेखि पुर्णिमाको दिनसम्म सराय नाँच देखाउने गरिन्छ ।

बिहिवार जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञालाई कायमै राख्दै दशैंको अबसरमा गरिने सराय नाँचलाई पनि गर्न नहुने सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने साराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रहरुमा मान्ने प्रचलन रहि आएको छ ।

प्रसाशनले सूचना जारी गर्दै यस अघि जारी गरिएको निषेधाज्ञालाई कायमै गर्दै सराय नाच गर्न नपाईने थप गरेको हो । गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्य गरि साराय नाच हुने स्थान हुन् । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाई एकआपसमा जोडिएर साराय नाच खेलिने गरिन्छ । सराय नाच दशैंका बेला पश्चिम नेपालका मेहि भागमा गरिने पुरानो सँस्कृति सहित मनोरञ्जनात्मक नाच हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ । हाल जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणका कारण ९७ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा ४५९ जना सक्रिया संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्